कास्कीमा सपथ ग्रहण:  १८ जना पत्रकारलाई सदस्यताका लागि सिफारिस गर्ने पहिलो निर्णय

पाेखरा | पुस ७, २०८१

कास्कीमा  सपथ ग्रहण:  १८ जना पत्रकारलाई सदस्यताका लागि सिफारिस गर्ने पहिलो निर्णय

पोखरा:   नेपाल पत्रकार महासंघ कास्कीमा नवनिर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेका छन् ।

 

निवार्चन समितिका संयोजक पुण्य पौडेलले नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाएका हुन् ।

 

सो कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न संचार जगतलाई व्यवस्थित एवम मर्यादित बनाउन पर्ने धारणा राखे । 

 

उनले राजनीतिक अस्थिरताले नीतिगत स्थायित्व नहुने उल्लेख गर्दै सरकारका कुनै पनि अंगले राम्रो तवरले काम गर्न नसक्ने टिप्पणी गरे । 

 

मन्त्री गुरुङले आम संचार विधेयक बन्ने प्रकियामा रहेकाले सरोकारवालासंग छलफल गरेर मात्र विधेयकलाई संसदमा पेश गरिने स्पष्ट पारे ।

 

कार्यक्रममा नेपाली कांगे्रस कास्कीका सभापति किशोर दत्त बराल, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवम गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी,
महासंघ कास्कीका सल्लाहकार राजेन्द्र अधिकारी, नवनिर्वाचित नेपाल पत्रकार महासंघका अध्यक्ष माधाव बराल लगायतले बोलेका थिए ।

 

मंसिर २८ गते सम्पन्न भएको निवार्चनमा अध्यक्षमा माधव बराल, उपाध्यक्षमा माधव रेग्मी, उपाध्यक्ष (महिला) कञ्चन थापा, सचिवमा भुपाल गुरुङ, सहसचिवमा मधु अधिकारी, सहसचिव (समावेशी) धनबहादुर गुरुङ (सुमन), कोषाध्यक्षमा राजाराम पौडेल निर्वाचित भएका थिए । 

 

 

यस्तै कार्यसमिति सदस्यहरुमा अर्जुन गाहा (सुशान्त), गौरव त्रिपाठी, , राजु गिरी, बालकुमारी पौडेल (तारा), सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी, पुष्पराज दाहाल, महिला सदस्यमा कविता घर्तिमगर, दलित सदस्यमा सुरेश सुनार, आदिवासी सदस्यमा पुनम थापा मगर र अन्य समावेशीमा सूर्य परियार निवाचित भएका थिए । 

 

पदस्थापनपछि निर्वाचित कार्यसमितिले पहिलो बैठकबाट निवार्चन मण्डलसहित निर्वतमान कार्यसमितिलाई धन्यवाद ज्ञापन तथा यसअघि महासंघको सदस्यता प्राप्त गर्नका लागि सिफरिस भएका १८ जना पत्रकारहरुलाई सदस्यताका लागि पुनः सिफारिस गर्ने निर्णय गरेको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्